डोटीमा भोलिदेखि कर्फ्यु



डोटी : जिल्ला प्रशासन कार्यालय डोटीले भोलि (मंगलबार)देखि निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ । विश्वभरी फैलिएको कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय डोटीले यस्तो निर्देशन जारी गरेको हो ।

सोमबार जिल्ला सुरक्षा समितिको बैठक बसेपछि जिल्ला प्रशासन कार्यालयले उक्त निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय डोटीले आज (सोमबार) एक विज्ञप्ती जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) अनुसार मंगलबार बिहान १० बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जानकारी दिएको छ ।

निषेधाज्ञाको अवधीभर आपतकालीन र अत्यावश्यक काम बाहेक घरबाट बाहिर हिँडडुल नगर्न विज्ञप्तीमार्फत आग्रह गरिएको छ ।

यसैगरी भोजनालय, खाद्यान्न तथा फलफूल, एवं तरकारी, औषधी पसल लगायत अस्पताल तथा स्वास्थ्य केन्द्रहरु, मावबाहक सवारीका साधनहरु, सरकारी छापाखाना र सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी वितरण, पेट्रोलियम पदार्थको वितरण, फोहरमैला संकलन तथा ढुवानी एवं विद्युत सेवा वाहेकका अन्य सबै सेवा बन्द गर्ने निर्णय बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्