कोरोना त्रास : पुटिनले जनतालाई सडकमा ननिस्कन आग्रह गर्दै ८०० बाघ र सिंह सडकमा छोड्ने



एजेन्सी : कोरोना भाइरसको महामारी विश्वभरी नै फैलिसकेको छ । विश्वका हरेक देशमा कोरोना भाइसको त्रास बढिरहेको छ । अहिले सम्म लगभग १५ हजार मानिसको ज्यान समेत गइसकेको छ । विभिन्न देशका विभिन्न ठाउँमा लकडाउन समेत भइसकेको छ । कोरोना भाइरसको महामारीबाट बच्न विभिन्न देशमा विभिन्न प्रकारका सावधानी अपनाइएको छ ।

यसैबीच सामाजिक सञ्जालमा विभिन्न प्रकारका अभियानहरु प्नि सञ्चालन भइरहेका छन् । सामाजिक सञ्जालमा पछिल्लो समय रुसको एउटा सन्देश निकै भाइरल भइरहेको छ । उक्त सन्देशमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोनाका कारण सम्पूर्ण जनतालाई घरभित्रै बस्न आग्रह गरेको र उक्त आग्रह कसैले नमानेको कारण पुटिनले सडकमा ८०० सिंह र बाघ छोड्ने निर्णय गरेका छन् ।

पुटिनको उक्त सन्देश सामाजिक सञ्जालमा जंगलमा लागेको आगो जस्तै फैलिइरहेको छ । सर्वसाधारणहरु उक्त सन्देश सेयर गरिरहेका छन् । एक ट्विटर प्रयोगकर्ताले उक्त भाइरस सन्देश सेयर गर्दै लेखेका छन्, ‘रुसका जनतालाई पुटिनले केवल दुईवटा विकल्प दिएका छन् । एक दुई हप्तासम्म घरमै बस्ने वा पाँच वर्षको लागि जेल जाने । उनले अर्को विकल्प दिएका छैनन् । जनता घरबाट ननिस्किउन् भनेर उनले सडकमा ८०० बाघ र सिंह छोडेका हुन् ।

रुपमा पनि अहिले सम्म ३०० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यस्तो छ वास्तविकता
सामाजिक सञ्जालमा उक्त भाइरस सन्देश झुटो भएको र अफवाह भएको बताइएको छ । भारतको एउटा सञ्चार माध्यमले फ्याक्ट जाँच गर्दा उक्त सन्देश झुट पाएको जानकारी दिएको छ । यो चार वर्ष पूरानो तस्बिर भएको र २०१६ मा यो तस्बिर डेली मेलमा छापिएको थियो । र अफ्रिकाको हो । जुन फोटोको बाघ जंगलबाट सडकमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्