भारतको कोरोना सङ्क्रमण नियन्त्रण प्रयास, बुधबारदेखि सबै आन्तरिक उडान पनि बन्द



एजेन्सी : भारतले कोरोना सङ्क्रमणका थप घटना पुष्टि हुने क्रम बढेसँगै आगामी बुधबारदेखि सबै आन्तरिक उडानलाई बन्द गर्ने सरकारले निर्णय गरेको छ ।

भारतमा विभिन्न राज्यहरूले आ–आफ्नै हिसाबले स्थानीयस्तरमा नै आवागमनमा रोक लगाउने निर्णय आइसकेको समयमा केन्द्र सरकारले सबै आन्तरिक उडानलाई बन्द गर्ने निर्णय गरेको हो ।

भारतले विदेशबाट आउने सबै अन्तर्राष्ट्रिय उडानमाथि यस पहिले नै रोक लगाइसकेको छ भने अधिकांश सीमा क्षेत्रमा पनि आवागमन बन्द गरेको छ ।

सरकारको सूचना विभागका अनुसार सामान ढुवानी गर्ने कार्गो विमान सेवा भने यथावतरूपमा चल्ने छन् । भारतमा सोमबारसम्म सात जनाको मृत्यु भइसकेको छ भने ४०० व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्