पूर्व सञ्चारमन्त्री बाँस्कोटाले पनि एक महिनाको तलब राहत कोषमा दिने



काठमाडौं : पूर्व सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले १ महिनाका तलब विशेष कोषमा जम्मा गर्ने भएका छन। हालै सरकारले स्थापना गरेको कोभिड१९ को विशेष कोषमा उक्त रकम जम्मा गर्ने बाँस्कोटाले सामाजिक सञ्जालमार्फत् जनाएका छन्।

‘जसले जसरी लिउन, त्यो उनको आग्रह वा बुझाइको सीमाभित्रको विषय हो। तर, मेरो एक महिनाको तलब कोरनाविरुद्धको सरकारी कोषमा जम्मा गर्ने निर्णय गरेको छु,’ बाँस्कोटाले ट्‍वीटरमा उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्