कोरोनाले त्रसित पर्सा, लकडाउनको पालना गर्दै स्थानीयवासी (फोटोफिचार)



नरेश सर्राफ/वीरगन्ज : विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड १९) को संक्रमण जोगिन सरकारले आज (मंगलबा) बाट लागू गरेको लँकडाउनलाई पर्सा जिल्लावासीले गम्भीरता पूर्वक पालना गरेका छन् । छिमेकी राष्ट्र भारतमा समेत कोरोनाभाइरस तीव्र रुपमा फैलिदै गएको देखेपछि यहाँ त्रासमय भएको छ ।

छिमेकी राष्ट्रको सिमामा समेत जोडिएका कारणले संक्रमणको सबभन्दा बढी नै प्रभावित हुने सम्भावना भएकोले सरकारले लागू गरेको लँकडाउँनको निर्देशनलाई गम्भीरता पूर्वक पालना गरेका छन् । स्थानिय विहानदेखि नै घरबाट ननिस्केका कारण वीरगन्ज बजार अहिले सुनसान नै बनेको छ ।

सरकारको निर्देशनलाई पालना गराउँन जिल्लाका सुरक्षा निकाय कडाईका साथ लागेका छन् । शहरको विभिन्न चौकमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ भने, जागरुकताको लागि माईकबाट सूचना समेत प्रभाव गर्ने काम प्रहरीले गरिरहेको छ ।

यहाँका व्यवसार व्यवसायी, पसलहरु पूर्णरुपमा बन्द भएको छ । सुरक्षा निकाय, एम्बुलेन्स र अत्यावश्यक काममा खटिनेहरुको लागि स्थानिय प्रशासनले उपलब्ध गराएको पास लिनेले मात्र आवतजावत गरीरहेका छन । जिल्ला प्रशासन कार्यालयले पत्रकारहरुको लागि प्रेस उपलब्ध गराएको छैन । सूचना विभागबाट प्रेस पास लिएका लाई रिपोटिङ्ग गर्न पाउँने पर्साका एसपी गंगा पन्तले बताए ।

लकडाउनको उलंघन गर्नेविरुद्ध प्रहरी सशक्त रुपमा पनि लागि परेको पर्साका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता विरेन्द्र बहादुर शाहीले बताए । उनले भने, ‘सरकारले गरेको निर्णयको उलंघन गर्नेलाई संक्रमक रोग नियन्त्रण ऐन २०२० को दफा २ बमोजिम कडा भन्डा कारवाही गर्ने छौं ।’

लकडाउन उलंघन गर्ने ३० वटा मोटरसाईकल पक्राउ गरी वडा प्रहरी कार्यालय विर्ताले कारवाही गरी छाडेको छ । सरकारले निर्देशनलाई पालना गराउँने क्रममा विर्ता नजिकै मेनरोडमा चेकजाँचमा खटेका प्रहरीले केहि स्थानियले लकडाउन उलंघन गरी मोटरसाइकल चलाएको भन्दै ३० जनालाई पक्राउ गरिएको प्रहरी निरिक्षक निर्मल पनेरुले बताए ।

त्यसैगरी चार जना व्यक्ति समेत नियम उलंघन गरेको आरोपमा पक्राउ गरिएको उनले बताए । पक्राउ परेको सवैजनालाई एकपल्टको लागि सम्झाई बुझाई आफन्तको जिम्मामा छाडिएको छ, उनले भने, सम्झाउँदा पनि नियमको पालना नगरे कानुनी कारवाहीको प्रकृया नै अगाडी बढाउँने छौ ।

सरकारले भारत तथा चीनसँगको सिमानाका बन्दसँगै देशभर लागू गरेको लकडाउनका कारण सीमा क्षेत्र समेत अहिले सुनसान बनेको छ । सोमबारदेखि सरकारले नाका बन्द गरेको थियो । नाका बन्दको पहिलो दिन नेपालबाट भारत र भारतबाट नेपाल आउँनेको संख्यामा वृद्धि रहेपनि मंगलबार भने सुनसान नै देखिएको छ । पेट्रोलिय पदार्थ, तरकारी तथा फलफुल र मालबाहक सवारी साधन बाहेक सम्पूर्णमा यातायातमा रोक लगाइएको छ ।

मुख्यनाका मै स्थापना गरिएको हेल्थडेस्कका स्वास्थ्यकर्मी मिथलेश यादव अनुसार आज विहानदेखि ४० जना मात्र नेपाली नागरिकहरु प्रवेश गरेका छन् । उनीहरुको स्वास्थ परिक्षण पश्चात मात्र नेपाल प्रवेश गर्न दिएको छ उनले भने, ‘उपचारको क्रममा सिमावर्ती शहर रक्सौलबाट फर्केका पनि त्यसमा छन ।’

आज बिहान बिहान ६ बजे देखि चैत्र १८ गते बिहान ६ बजेसम्म देशभरी नै लकडाउन गरिएको छ । लकडाउन अवधिभर जिल्लामा खाद्यान्न, फलफुल तथा तरकारी, दुध, पानी, इन्धन, औषधि बोकेको मालबाहक सवारी साधन र एम्बुलेन्स बाहेक अन्य सवारी साधन मोटरसाइकल, साईकल, पैदल यात्रुलाई आवतजावतमा रोक लगाइएको छ ।

त्यसैगरी अतिआवश्यक दैनिक उपभोग्य गर्ने बस्तुहरु अस्पताल सेवा, स्वास्थ सस्था, औषधि पसल, दाल, चामल, तेल, नुन, दूध डेरी, पेट्रोल पम्प, फलफुल तथा तरकारी बाहेक अन्य व्यवसाय आजदेखि चैत १८ गते बिहान ६ बजेसम्मको लागि सरकारले बन्द गरेको छ ।

प्रतिक्रिया दिनुहोस्