बेलायतमा पनि ‘लकडाउन’



काठमाडौं : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले तत्काल लागु हुनेगरी आवतजावत एवम् जमघटमा कडाइ गर्न ‘लकडाउन’ को घोषणा गरेका छन् ।

कोरोना भाइरसको सङ्क्रमण लगातार बढेपछि सर्वसाधारणलाई घरभित्रै बस्न आह्वान गरिनुको साथै दुई जनाभन्दा बढीको जमघट तथा सामाजिक कार्यक्रमहरूमा प्रतिबन्ध लगाइएको घोषणा गरिएको छ ।

आवश्यक किनमेल, दैनिक व्यायाम, औषधोपचार तथा अत्यावश्यक सेवा वाहेक अब घरबाहिर निस्किन निषेध गरिएको छ । बेलायतमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ३३५ व्यक्तिको मृत्यु भइसेकेको छ ।

छ हजार १८० व्यक्ति सङ्क्रमित भएका छन् । यसैबीच १३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्