औषधि तथा खाद्यवस्तु उद्योगलाई पूर्ण क्षमतामा चल्न निर्देशन



काठमाडौं : सरकारले औषधि तथा खाद्यवस्तु उद्योग पूर्ण क्षमतामा चलाउन निर्देशन दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगहरूको नाममा सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।

औषधि तथा स्वास्थ्य उपकरण वा सामग्री, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने सरकारी तथा निजी उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्