इटलीमा कोरोना संक्रमणमाथि विजय हासिल गर्ने ९५ वर्षीया अल्मा



काठमाडौं : कोरोनाभाइरसको संक्रमणबाट आक्रान्त बनेको युरोपेली मुलुक इटालीमा ९५ वर्षीया वृद्धाले कोरोनाभाइरसको संक्रमणमाथि विजय हासिल गरेकी छन् ।

बेलायती समाचार पत्रिका इन्डिपेन्डेन्टको अनलाइन संस्करणमा प्रकाशित समाचार अनुसार इटालीकी ९५ वर्षीया अल्मा क्लारा कोर्सेनीले कोरोना संक्रमणमाथि विजय हासिल गरेकी हुन् ।

इन्डिपेन्डेन्टमा लेखिएको छ– कोर्सेनी कोरोना संक्रमित भएपछि मार्च ५ अर्थात फागुन २२ गते स्थानीय अस्पतालमा भर्ना भएकी थिइन् । तर, अहिले पूर्णतः निको भएर घर फर्केकी छन् ।

उनको उपचारमा संलग्न चिकित्सकका अनुसार कोरोभाका कारण अस्पताल भर्ना भएपनि ती कोर्सेनीका लागि ‘एन्टिभाइरल’ उपचार गर्नुपरेन । तर, उनले कोरोनाविरुद्ध प्रभावकारी प्रतिक्रिया देखाउन थालिन ।

प्रतिक्रिया दिनुहोस्