दिल्लीमा विगत २४ घण्टामा नयाँ सङ्क्रमण भेटिएन


एजेन्सी : भारतीय राजधानी दिल्लीमा विगत २४ घण्टामा कोरोना भाइरसको नयाँ सङ्क्रमण पुष्टि नभएको यहाँका मुख्यमन्त्री अरविन्द केजरीवालले मङ्गलबार बताएका छन् ।

मुख्यमन्त्री केजरीवालले आफ्नो ट्वीटर सन्देशमा भने, “विगत २४ घण्टामा दिल्लीमा कोभिड–१९ को नयाँ सङ्क्रमण भेटिएको छैन भने पाँच जना सङ्क्रमित विरामी उपचारपछि निको भएका छन् । यद्यपि यो समय खुशी भैहाल्ने अवस्था भने होइन ।”

“अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको परिस्थितिलाई नियन्त्रणबाहिर जान नदिनु रहेको छ । यसका लागि सरकारले सबै नागरिकको सहयोगको अपेक्षा गरेको छ ।”

दिल्लीमा कोरोना भाइरसबाट सङ्क्रमित व्यक्ति एकपछि अर्को गर्दै बढ्न थालेपछि राज्य सरकार तथा केन्द्र सरकारको निर्देशनमा आइतबारदेखि अति आवश्यक सेवाका लागि बाहेक घर बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । सरकारले यसलाई नागरिकद्वारा आफ्नो सुरक्षाका लागि पालना गर्ने निषेधाज्ञा (जनता कफ्र्यू) को संज्ञा दिएको छ ।

भारतमा मङ्गलबारसम्म ४४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भैसकेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । भारतमा मङ्गलबारसम्म सङ्क्रमित नौ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाल प्रहरीले विदेशबाट फर्किएका नेपालीहरुमा कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण देखापर्न थालेपछि विदेशबाट आउने सबैलाई

उदयपुर : उदयपुरको कटारी अस्पतालको आइसोलेसन वार्डमा कोरोनाभाइरस (कोभिड–१९)को आशंकामा भर्ना भएका एक जना बिरामी

वीरगन्ज– विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन विभिन्न समाजिक अभियान्ता स्थानियको

काठमाडौं : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप रोकथाम तथा नियन्त्रणका लागि विश्व बैंकले

काठमाडौं : अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन जारी गरेको सरकारी आदेशविरुद्ध तपाईँ विना काम वा

जनकपुरधाम : विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको त्रास एवं निरन्तरको लकडाउनका कारण जनकपुरधामस्थित

काठमाडौं : सरकारले कोरोनाभाइरस सङ्क्रमणको परीक्षण आउँदो सातासम्ममा नेपालगञ्ज र पोखरामा पनि सुरु गर्न सकिने

काठमाडौं : काठमाडौं उपत्यका बाहिर फेरी एक युवतीमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण भएको पुष्टि भएको छ

एजेन्सी : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७ हजार नाघेको

काठमाडौं : इटलीले कोरोनाभाइरसको सङ्कटका कारण अन्तिम संस्कारको आयोजनामा प्रतिबन्ध लगाएको छ। कोरोनाभाइरसले आफ्ना दिवङ्गत

वीरगन्ज– वीरगन्ज महानगरपालिकाले महानगरक्षेत्रमा विषादी छर्ने काम शुरु गरेको छ । कोरोना भाइरस (कोभिड १९)

काठमाडौं : नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटना हुनबाट जोगिएको छ । काठमाडौंबाट नेपालगन्ज पुगेको