लकडाउनको दोश्रो दिनः वीरगन्ज शहर विहानैदेखि सुनसान



वीरगन्ज – कोरोना भाइरस (कोभिन १९) लाई नियन्त्रण सरकारले लागु गरेको लक डाउनको दोस्रो दिन आज (बुधवार) वीरगन्ज शहर विहानैदेखि सुनसान छ । लक डाउनको निर्देशनलाई पालना गराउँन स्थानिय प्रहरीले कडाईका साथ प्रस्तुत भईरहेका छन् ।

चोक–चोकमा नेपाल प्रहरीसहित सशस्त्र प्रहरीलाई व्यापक रुपमा परिचालन गरिएको छ । आजदेखि नेपाली सेनाले समेत लकडाउनको पालना गराउँन निगरानी बढाएको छ ।

नगरक्षेत्र भित्र रहेको वडाहरूको चोक–चोकमा समेत प्रहरी खटाएर घर बाहिर स्थानियलाई निस्कन दिएको छैन । स्थानिय प्रशासनले अति आवश्यक काम बाहेक अन्यलाई घरबाहिन नसिकन आह्वान गर्दै सूचना समेत प्रवाह गर्दैछन् ।

मंगलबार लकडाउन केहि मात्रामा फितलो भएपनि बुधबार भने प्रहरीले कडाई गरेको छ ।

लकडाउन उलंघन गरेको भन्दै मंगलवार वीरगन्जमा एक सय मोटरसाईकल र तीन सय व्यक्तिलाई प्रहरीले पक्राउ गरी सम्झाई बुझाई एकपल्टको लागि छाडेको पर्साका प्रहरी प्रवक्ता विरेन्द्र बहादुर शाहीले बताए । लक डाउन उलंघन गर्नेलाई जरिवाना समेत तिर्न लगाएर छाडिएको उनको भनाई छ ।

नेपाल सरकारले चैत १८ गतेसम्म लकडाउन घोषना गरेर कोभिड–१९ लाई रोकथाम गर्ने प्रयास गरीरहेको छ । लकडाउनमा अति आवश्यक स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, भन्सार, फोहोरमैला व्यवस्थापन लगायत मात्र खुल्ला गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्