चार लाख ४० हजारमा कोरोना सङ्क्रमण पुष्टि, इटलीमा छ हजार ८२० र स्पेनमा तीन हजार ४३४ जनाको मृत्यु


एजेन्सी : कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमण विश्वभर चार लाख ४० हजार १४५ व्यक्तिमा पुष्टि भएको छ । विश्वभर प्रकोपका रूपमा फैलिएको यस भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या बुधबार साँझसम्ममा १९ हजार ७४८ पुगेको छ ।

सङ्क्रमणको प्रभाव सुरूमा चीनमा नराम्रो परेको देखिएको भएपनि पछिल्ला दिनमा यसको प्रभाव यूरोप र अमेरिकामा देखिएको छ । भारत लगायत दक्षिण एशियाली मुलुकहरूमा पनि पछिल्ला केही दिनमा सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम देखिएको छ ।

सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या इटलीमा छ हजार ८२०, स्पेनमा तीन हजार ४३४ पुगेको छ भने चीनमा तीन हजार २८१ रहेको छ । चीनमा पछिल्ला केही हप्तादेखि नयाँ सङ्क्रमणका घटना नगन्य मात्रामा भेटिएको नयाँ सङ्क्रमितमध्ये पनि चीनबाहिरबाट आउने व्यक्तिमा बढी रहेको चीनले जनाएको छ ।

सङ्क्रमणका कारण विरामी परेका चार लाख ४० हजार १४५ मध्ये एक लाख ११ हजार ९४२ जना निको भएर घर फर्केका छन् । त्यस्तै १३ हजार ४२५ व्यक्तिमा जटिल प्रकारको सङ्क्रमण देखिएको छ भने दुई लाख ९५ हजार ३० जनामा सामान्य प्रकारको सङ्क्रमण रहेको विश्व स्वास्थ्य संगठनले बताएको छ ।

युरोपको इटाली, स्पेनसहितका देश तथा अमेरिकामा यसको संक्रमण तीव्र गतिमा फैलिएको छ । इटालीपछि कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढी हुने देशको सूचीमा स्पेन दोस्रो स्थानमा पुगेको छ । कोरोना भाइरसका कारण इरानमा दुई हजार ७७, फ्रान्समा एक हजार १०० तथा अमेरिकामा ७८५ जनाको मृत्यु भइसकेको छ ।

संक्रमित हुनेको कुल संख्याअझै पनि चीनमा धेरै छ । चीनमा ८१ हजार २१८, इटालीमा ६९ हजार १७६, अमेरिकामा ५५ हजार ८१ तथा स्पेनमा ४७ हजार ६१० जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : सरकारले नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम औपचारिक रुपमा स्थगित गरेको छ । मन्त्रिपरिषदको

काठमाडौं : विश्वभर कोरोना संक्रमितको संख्या ८ लाख भन्दा बढी पुगेको छ। नेपाली समय अनुसार

काठमाडौं : सर्वोच्च अदालतले निजी अस्पतालहरुलाई बिना शर्त कोरोना संक्रमितको उपचार व्यवस्था मिलाउन आदेश दिएको

काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको आशंकामा पाटन अस्पताल र वीर अस्पतालमा भर्ना भएर उपचारका क्रममा

काठमाडौं : आवश्यक पर्ने उपकरणहरु भित्र्याइएसँगै काठमाडौं उपत्यका बाहिर दैनिक १ हजार जनको कोरोना भाइरस

काठमाडौं : विश्व अहिले अदृश्य महामारी रोगसँग जुध्दै छ । यहीँ अदृश्य महामारी कोरोनाभाइरस (कोभिड–१९)को

काठमाडौं : कोरोनाभाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी आक्रान्त इटालीमा रहेका नेपाली हालसम्म सङ्क्रमणबाट जोगिए

वीरगन्ज : पेट्रोलिय पदार्थ बोक्ने नेपाली ट्यांकरलाई भारतीय प्रहरीले रोक लगाएको छ । वीरगन्जबाट करिब

काठमाडौं : मानिसहरूलाई कोरोनाभाइरस सङ्क्रमणको सम्भावनाबाट जोगाउन एउटा विशेष उपकरण बनाउन लागेका एक अस्ट्रेलियाली वैज्ञानिक

काठमाडौं : दाङका निश्चल रेग्मी स्नातकोत्तर तह अध्ययनका लागि गत फेब्रुअरी महिनामा ब्रिटेन आइपुगे।उनी वेल्सको

रामेछाप : भक्तपुरबाट रामेछापको दोरम्बातर्फ जाँदै गरेको बा १४ च ९४९८ को जीप रामेछापको खाँडादेवी–

काठमाडौं : नेपाल वायुसेवा निगमको वाइडबडी विमान मलेसिया हुँदै अष्ट्रेलियाको ब्रिसबेन जाने भएको छ ।