सुर्खेतमा १ सय ४२ सवारी प्रहरी नियन्त्रणमा



सुर्खेत– नोवेल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा प्रतिकार्यका लागि नेपाल सरकारले गरेको ‘लकडाउन’ अवज्ञा गर्ने सुर्खेतका १४२ सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । ‘लकडाउन’ उलङ्घन गर्ने सुर्खेतका सवारी साधनमा सबैभन्दा बढी मोटरसाइकल ९२ थान रहेका छन् ।

‘लकडाउन’को दोस्रो दिनमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले ४०, ईलाका प्रहरी कार्यालय छिन्चुले १८, लेकबेसीले ८, बाबियाचौर १३, अस्थायी प्रहरी चौकी गोठीकाँडाले ११, प्रहरी चौकी सुब्बाकुनाले १५, बड्डीचौरले २३ र बाङ्गे सिमलले १४ गरी जम्मा १ सय ४२ सवारी साधन नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

नियन्त्रणमा लिइएका सवारी साधनहरू ‘लकडाउन’ अवधिभर जिल्ला प्रहरी कार्यालयमा राखिने बताइएको छ । ‘लकडाउन’को पहिलो दिन मंगलबार सुर्खेतमा ३ सय ३५ सवारी साधन नियन्त्रणमा लिईएको थियो । जसमा मोटरसाईकल मात्र २ सय ३७ थान थिए ।

प्रतिक्रिया दिनुहोस्