समाचार संकलन गर्न गएका पत्रकार कोरोना संक्रमित



नयाँदिल्ली : समाचार संकलन गर्न पत्रकार सम्मेलनमा सहभागी भएका एक पत्रकारलाई कोरोनाभाइरस (कोभिड–१९) संक्रमण भएको छ ।

भारतको मध्यप्रदेशका मुख्यमन्त्री कोमलनाथद्वारा पदबाट राजीनामा घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा सहभागी भएका ती पत्रकारलाई कोरोना संक्रमण भएको हो ।

उनका छोरीमा समेत कोरोना पुष्टि भएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

यसैबीच पत्रकार सम्मेलनमा सहभागी पत्रकार संक्रमित भएपछि निवर्तमान मुख्यमन्त्री कोमलनाथ क्वारेन्टाइनमा बसेका छन् ।

भारतमा कोरोनाबाट १० जनाको ज्यान गएको छ । ५ सय ६२ जना संक्रमित भएको पुष्टि भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्