‘लकडाउन’ मा कालोबजारी, स्थानीय प्रशासन तात्यो



वीरगन्ज– सरकारले कोरोनाभाइरस (कोभिड १९) को संक्रमणबाट जोगिन लागु गरेको ‘लक डाउन’ को मौका छोपी वीरगन्जका केहि व्यापारीहरूले काजाबजारी शुरु गरेपछि स्थानीय निकाय तातेको छ ।

थोक तथा खुद्रा व्यापारीहरुले ‘लक डाउन’ को मौका छोपेर खाद्यान्न तथा औषधीमा चर्को मृल्य बृद्धि राखेर उपभोक्ता ठगि गरी कालोबजारी शुरु गरेको विभिन्न संचारमाध्यममा समाचार बाहिरन थालेपछि सम्बन्धित निकायले तदारुकता देखाउँदै अनुगमनमा कडाई गरेको हो ।

स्थानिय प्रशासन, वाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय, उपभोक्ता समिति, प्रहरीको संयुक्त टोलीले वीरगन्जको विभन्न तरकारी तथा फलफुल, खाद्यन्न पसल र औषधी पसलहरुमा अनुगमन गरेको छ ।

अनुगमन गर्ने क्रममा घण्टाघर चोक नजिकै रहेको सुरेश मेडिकल पसलले सर्जिकल ग्लब्समा कालाबजारी गरेको पाएपछि अनुगमन टोलीले स्थलगत नै कारवाही गरेको छ ।

वीरगन्ज १६ नगवाका रोशन कुमार कुम्हालले कोरोनाको संक्रमणबाट बच्नको लागि हातमा लगाउँने ग्लब्स खरीद गरेका थिए । जतातै मेडिकल पसलमा खुद्रा मुल्य ३५ रुपैया पर्ने ग्लब्सको मेडिकलका संचालक सुरेश गुप्ताले ५० रुपैयामा विक्री गरेपछि ठगिएका कुम्हाल नजिकै मिनाबजारमा अनुगमन गरीरहेका समितिका संयोजक सहायक प्रजिअ ललित कुमार बस्नेतलाई भेटेर गुनासो गरेका थिए ।

कुम्हालको गुनासो सुने लगतै सहायक प्रजिअको टोलीले औषधी पसलमा अनुगमन गर्न पुगेका थिए । अनुगमन टोलीको कुरा सुन्ना साथ मेडिकलका संचालकले थपेको बढी मुल्य ग्राहकलाई फिर्ता गरेका थिए । मेडिकलका संचालक गुप्ताले राहुल सर्जिकल हाउँस वीरगन्जबाट थोक मुल्यमा खरीद गरेको ग्लब्सको मुल्य १७ रुपैया ७० पैसा रहेको अनुगमनमा भेटिएको थियो ।

एउटा ग्लब्समा २०० प्रतिशत मुनाफा लिएर उपभोक्ता ठगिगरेको भेटिएपछि अनुगमन समितिले स्थलगत कारवाही गरेको हो । उनलाई २० हजार रुपैया जरिवाना तिराएर आईन्या यस्तो नदोहरिने चेतावनी छाडिएको थियो ।

वाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख जीत बहादुर श्रेष्ठले मेडिकल पसलका संचालक गुप्ताले ग्लब्समा २ सय प्रतिशत बढी मुनाफा लिई उपभोक्तालाई ठगि गरेकोले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३९ (१) (ड) बमोजिम बीस हजार जरिवाना गरेर कारवाही गरेको बताए ।

उनले उपभोक्तालाई बढी मुल्य लिई ठगि गरेको पाईएमा पसलमा शिलबन्दी गरी लाईसेन्स समेत खारेज गर्न सक्ने संचालकलाई चेतावनी दिदै जरिवाना गरेर छाडेको हो । अनुगमन टोलीले महानगरक्षेत्रमा रहेको तरकारी, खाद्यन्न र अन्य औषधी पसलमा समेत अनुगमन गरेका छन ।

सहायक प्रजिअ बस्नेतको नेतृत्वमा रहेको अनुगमन टोलीले माईस्थानको मिना बजारमा रहेको तरकारी बजार तरकारी बजारमा पनि अनुगमन गरेर हरेक तरकारी पसलमा मुल्य सुची राख्न निर्देशन दिइएका छन । उनले तरकारी व्यवसायीलाई बढी मुल्यमा तरकारी नबेच्न समेत गराउँदै बढी मुल्यमा तरकारी बेचेको पाईए कालाबजारी ऐन अन्तर्गत कडा कारवाही गरिने चेतावनी समेत दिए ।

अनुगमनको सूचना बाहिरिएपछि मिनाबजारका केहि आलु प्यासका पसल बन्द गरिएको थियो । अनुगमन टोली लाउँन थालेको जानकारी पाएपछि पसलका संचालकहरु धमाधम पसलहरु बन्द गरी फरार भएको उपभोक्ताहरु गुनासो गरेका थिए ।

अहिले देश कोरोना भाइरसको जोखिममा छ, देशको सवै नागरिक सचेत भएर आ आफनो ठाउँबाट आफूलाई कसरी बचाउँन सकिन्छ भन्ने संकटमा छौ, सरकारले यसको संक्रमणबाट जोगिन मुलुकभर लकडाउन गरेको उनले बताए ।

उनले भने, डकडाउनले आमजनतामा अतिआवश्यक बस्तुको अभाव सृजना गर्ने काम नगर्नुस् आवश्यक परे हामी आपुर्ती गर्न तयार छौ, तर बालाबजारी गरेर जनतालाई मार्ने काम नगर्नुस् यसमा हामी सवै मिलेर एकपासमा सहयोग गरेर अगाडी बढ्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्