झापामा लकडाउनको पूर्ण प्रभाव



झापा : सरकारले कोरोनाभइरस (कोभिड–१९)को संक्रमण फैलिनसक्ने सम्भावनालाई मध्यनजर गर्दै शरु गरेको लकडाउनको तेस्रो दिन आज (बिहीबार) झापा, विर्तामोड सुनसान भएको छ ।

कोरोनाको महामारीबाट जोगिन सरकारले अख्तियार गरेको लकडाउन नीति सफल हुने देखिएको छ । सरकारले काठमाडौं उपत्यकासहित देशभरका मानिसहरुलाई घर बाहिर निस्किन नदिने र अत्यावश्यक सेवा मात्रै सञ्चालन गर्न दिने निर्णयलाई जनताले स्वीकार गरेका छन् ।

प्रदेश १ को झापा, बिर्तामोडमा पनि लकडाउनको प्रभाव पूर्णरुपमा परेको छ । त्यहाँका मानिसहरुदले आवतजावत नै बन्द गरेका छन् । मानिसहरु घरमै बसिरहेका छन् भने अत्यआवश्यक सवारीसाधन बाहेक अरु चल्न दिइएको छैन ।

तस्वीर : दिपक सिलवाल (झापा)
प्रतिक्रिया दिनुहोस्