लकडाउन उल्लंघन गर्ने २७ जना प्रहरी नियन्त्रणमा



कैलाली : लकडाउनको तेस्रो दिन बिहीवार कैलाली जिल्लाका विभिन्न स्थानबाट लकडाउन उल्लंघन गर्ने २७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएका सवारीसाधनहरुमा २६ ओटा मोटरसाइकल र एक अटो रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । नियन्त्रणमा लिइएका मानिसहरुलाई सम्झाइबुझाइ छोडिने प्रहरी नायब उपरीक्षक बस्नेतले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्