लकडाउन उल्लंघन गर्ने २ सय ५३ सवारीसाधन कारवाहीमा



काठमाडौँ– सरकारले लागू गरेको लकडाउन उल्लंघन गरेर सडकमा गुडेका २ सय ५३ सानाठूला सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय ट्राफिक प्रहरी प्रभागका अनुसार लकडाउनको तेस्रो दिन २८ वटा चार पाङग्रे र २ सय २५ वटा दुई पाङग्रे सवारीसाधनहरू कारवाहीमा परेका हुन् । लकडाउनको समयमा घरबाहिर निस्केका उनीहरूलाई सम्झाइबुझाइ गर्दा समेत अटेर गरेपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट बच्नका लागि सरकारले ११ चैतदेखि एकहप्तासम्म लकडाउन गरेको छ ।

साथै अति आवश्यक काममा बाहेक सवारी साधनहरूको प्रयोग नर्गन पनि ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्