पाल्पाका क्वारेन्टाइनमा ४२ , विदेशबाट फर्केका होम क्वारेन्टाइनमा


पाल्पा : कोरोनाभाइरसको सङ्क्रमणबाट जोगिन पाल्पाका विभिन्न ठाउँमा स्थापना गरिएका क्वारेन्टाइनमा जानेको सङ्ख्या वृद्धि भएको छ । जिल्लाका १० स्थानीय तहमा आठ क्वारेन्टाइन भएकामध्ये तानसेन नगरपालिकाको जनप्रिय माध्यमिक विद्यालय, रामपुर नगरपालिकाको बालकल्याण प्राथमिक विद्यालय, रम्भा गाउँपालिकाको रम्भा माध्यमिक विद्यालय र बगनासकाली गाउँपालिकाको ग्राम्य माध्यमिक विद्यालयमा प्रायः भारतबाट आएका नागरिकलाई राखिएको छ ।

पाल्पामा धनगढी र गड्गाचौकी हुँदै भित्रिएका नागरिकलाई सीधै क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेका अनुसार तानसेन नगरपालिकामा २६ तथा बगनासकालीमा दुई जना र बगनासकालीमा राखिएका अन्य रामपुरका नौ जनालाई फर्काएर आफ्नै रामपुरको क्वारेन्टाइनमा राखिएको छ ।

त्यस्तै रम्भा गाउँपालिकाको क्वारेन्टाइनमा आज पाँच जनालाई राखिएको र विदेशबाट भित्रिएका ५२ नागरिक रहेकामा केहीलाई होम क्वारेन्टाइनमा व्यवस्थापन गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीको भनाइ छ ।

रामपुर नगरपालिकाले नगरमा भित्रने नागरिकको तथ्याङ्क सङ्कलन गर्दा अहिलेसम्म १३५ नागरिक भारतलगायत देशबाट गाउँ आएकामा नौ जना क्वारेन्टाइनमा राखिएको छ । अन्यलाई वडावडामा क्वारेन्टाइनको स्थापना गरी राख्न पहल भइरहेकाले हाल घरमै सुरक्षित रहन अनुरोध गरिएको नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले जानकारी दिए । उनका अनुसार १० वटै वडामा क्वारेन्टाइन तयार गरिने छ ।

रामपुरमा आवश्यकता हेरेर प्रत्येक दिन एक घण्टा खाद्यान्नका पसल खोल्ने तथा बाहिरबाट आएका नागरिकलाई जनप्रतिनिधिमार्फत निगरानीमा राखिएको इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख अशोककुमार आचार्यले बताए । सरकारले भने अनिवार्य स्वास्थ्यजाँच गरेर १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : यतिबेला सरकारले चीनबाट खरिद गरेको स्वास्थ्य सामाग्री महंगो भएको भन्दै चौतर्फि आलोचना भइरहेको

काठमाडौं : काठमाडौं उपत्यकामा पैसा नभएर कोही भोको बस्नु परेको त छैन ? यदि त्यस्तो

काठमाडौं : कालिमाटी फलफूत तथा तरकारी बजारभित्र अब भारतबाट आएका सवारी साधनले प्रवेश नपाउने भएका

काठमाडौं : हालसम्म नेपालमा पाँच जनामा कोरोनाभाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । ती मध्ये

काठमाडौं : कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर ३१ हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ । विश्व स्वास्थ्य

काठमाडौं : विदेशबाट फर्नेका नागरिक अनिवार्यरुपमा क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ । सरकारले विदेशबाट फर्केर

काठमाडौं : सरकारले देशका विभिन्न क्षेत्रमा अलपत्र परेका ११ सय १६ पर्यटकहरुलाई उद्दार गरेको छ।

काठमाडौं : कोरोना भाइरसको संक्रमणको आशंकामा अस्पतालको आइसोलेसनमा रहेका एक जनाको मृत्यु भएको छ ।

काठमाडौं : कतार एयरवेजबाट यहाँ नेपाल आएका पाँचै जनाको नतिजा नेगेटिभ आएको छ । सोही

काठमाडौं : कोरोनाभाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउन गरेपछि देशभरका अदालतमा अतिआवश्यक परे मात्र इजलास

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष एवम् सांसद प्रभु साहले लकडाउनलाई प्रभावकारी बनाउन

वीरगन्ज– कोरोना भाइरस (कोभिड १९) को संक्रमणको त्रास बढे संगैरौतहट जिल्लाको क्यारेन्टाइनमा बस्नेको संख्या दिनप्रति