एनसेलले १२० प्रतिशत बोनस दिने



काठमाडौं : एनसेलका सबै ग्राहकले प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशत बोनस प्राप्त गर्न सक्ने भएका छन् ।

एनसेल प्राइभेट लिमिटेडले कोरोना भाइरस रोग (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि हाल देशभर कायम रहेको लकडाउनको अवस्थामा आफ्ना ग्राहकलाई दूरसञ्चार सेवा पहुँचमा कुनै कठिनाई नहोस् भन्ने हेतुले बोनस रकम प्रतिशतमा वृद्धि गरेको हो । यो चैत १३ गतेदेखि लागू भइसकेको छ ।

ग्राहकले रिचार्ज वापतप्राप्त गर्ने बोनस रकमबाट एनसेल नेटवर्क भित्रका अन्य नम्बरहरुमा कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् । रिचार्ज कार्ड, भिएफटी, इलेक्ट्रोनिक रिचार्ज लगायत सबै माध्यमबाट हुने रिचार्जमा यो बोनस प्राप्त हुन्छ ।

एनसेलका ग्राहकले रु ५०, रु १००, रु २००, रु ३००, रु ५०० र रु १००० को रिचार्जमा बोनस प्राप्त गर्न सक्छन् । उदाहरणका लागि यो योजना अन्तर्गत रु ५० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप रु ६० प्राप्त गर्दछन् । त्यस्तै रु ५०० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप रु ६०० प्राप्तगर्दछन् । बोनस रकम तीन दिनसम्मका लागि मान्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस्