स्वास्थ्य उपकरण र औषधि लिन निगमको जहाज भोलि चीन जाँदै



काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको रोकथाम, परीक्ष र उपचारमा आवश्यक पर्ने अत्यावश्यक स्वास्थ्य उपकरण तथा औषधि आइतबार नेपाल आइपुग्ने भएको छ ।

सरकारको पहलमा नेपाल वायुसेवा निगमको जहाज शनिबार चीनको गोन्जाओ जाने र अत्यावश्यक स्वास्थ्य उपकरण तथा औषधि सामग्री लिएर आइतबार बिहानसम्म नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नेपाली व्यापारीले किनेर राखेका स्वास्थ्य उपकरण लिन नेपाली विमान शनिबार गोन्जाओ जान लागेको हो ।

‘नेपाली व्यापारीहरुले गोन्जाओमा स्वास्थ्य उपकरण भेला पारेका छन् । नेपाल एयरलाइन्सको जहाज गएर ती समान ल्याउँछ । नेपाल आइसमेपछि व्यापारीबाट ती सासान हामी किन्छौं’ मन्त्री ढकालले भने ।

साथै नेपाल वायुसेवा निगमको कुन जहाज पठाउने भन्ने टुंगो आज (शुक्रबार) बिहानसम्म टुंगो लाग्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

यसैगरी चीनबाट आउने सामग्रीमा कोरोना संक्रमण फैलन नदिने औषधि, एन–९५ मास्क, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), प्रयोगशालामा सामग्री, थर्मल गन, आईसीयू शय्या, संक्रमण टेस्ट गर्ने किटलगायत छन् ।

ती सामग्री आइतबार बिहानै नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश प्रदेशमा समेत पठाइने स्वास्थ्यमन्त्री उनले बताए ।

प्रतिक्रिया दिनुहोस्