प्रधानमन्त्री ओलीलाई भेट्न अस्पताल पुगे प्रचण्ड



काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका छन् ।

स्वास्थ्यमा समस्या आएर राति नै अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गर्न उनी अस्पताल पुगेका हुन् ।

प्रधानमन्त्री ओलीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ ।

गत फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले पछिल्ला दिनमा महत्त्वपूर्णबाहेकका भेटघाट बन्द गरेका थिए । प्रधानमन्त्री ओलीको मुटुको चालमा घटबढ भएपछि राति नै अस्पताल लगिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्