कोभिड–१९ विरुद्धको लडाइपछि सामान्य अवस्थामा फर्किँदै चीन



एजेन्सी– कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको हुबेइ प्रान्तको उहान शहरको दैनिकी करिव साढे दुई महिना पछि सामान्य बन्दै गएको छ ।

कोभिड–१९ को लडाइँ जितेपछि चीनका सार्वजनिक स्थलहरू खुलेका छन्। बजार र यातायात चल्न थालेका छन्। उद्योग तथा कलकाराखाना पनि सञ्चालनमा आएका छन्। विद्यालयका पठनपाठन पनि शुरु भएको छ ।

आन्तरिक आवतजावत खुला भए पनि अन्तर्राष्ट्रिय आवागमन भने केही समय बन्द रहने चाइना डेलीले उल्लेख गरेको छ। वुहानमा खटिएका अन्य राज्य तथा क्षेत्रका चिकित्सक पनि आफ्नो कार्यक्षेत्रमा फर्किसकेका छन्। अवस्था सामान्य हुँदै गएकाले यो सातादेखि स्वास्थ्यकर्मीले साप्ताहिक बिदा पाउन थालेका छन्।

कोरोना भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार २९२ जनाको मृत्यु भएको छ भने । त्यहाँ ८१ हजार ३४० जना सङ्क्रमित रहेका छन् । यसैबीच ७४ हजार ५८८ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

हेर्नुहोस् तस्वीर:

प्रतिक्रिया दिनुहोस्