पर्सा राष्ट्रिय निकुञ्जमा गोली चल्यो, एकको मृत्यु, एक घाइते



पर्सा : पर्सा राष्ट्रिय निकुञ्जमा आज (शुक्रबार) विहान गोली चलेको छ । पर्सा वन्यजन्तु राष्टिय निकुञ्जको कोर एरियामा आज विहान ९ बजे तस्कर र सुरक्षाकर्मीबीच दोहोरो गोली प्रहार भएको हो ।

दोहोरो गोली हानाहानमा एक जनाको मृत्यु भएको छ भने नेपाली सेनाका एक जमदार घाइते भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार पर्सा राष्ट्रिय निकुञ्जमा तस्कर र निकुञ्ज सुरक्षार्थमा खटिएका सुरक्षाकर्मीबीच दोहोरो गोली हानाहान भएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना उपसचिव विष्णु श्रेष्ठले सो क्रममा मकवानपुरका मोहनसिंह दोङ्ग पक्राउ परेका छन् भने मृतकको पहिचान हुन नसकेको छैन ।

सुरक्षाकर्मीले दुई थान बन्दुक समेत बरामद गरेका छन् ।

कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण फैलिन रोक्ने उद्देश्यका साथ सरकारले गरेको लकडाउनको मौका छोपि वन्यजन्तुको चोरी सिकारी गर्ने आएका ११ जना तस्करहरुसँग दोहोरो भिडन्त भएको थियो ।

उनले कोर एरियामा बन्दुकको आवाज आएको सुनेपछि सुरक्षाकर्मी घटनास्थल पुग्दा तस्करले सरक्षाकर्मीमाथि गोली प्रहार गरेका थियो ।

प्रतिक्रिया दिनुहोस्