नेपालगञ्जमा दुर्घटना भएको जहाजमा पहिलेदेखि नै समस्या



काठमाडौं : कोभिड–१९ संक्रमणको आशंका गरिएको बिरामीहरुको स्वाब संकलनका लागि काठ्माडौंमा उडेको नेपाल एयरलाईन्सको दुर्घटनाग्रस्त वाइ १२ ई जहाजमा पहिले देखी नै समस्या रहेको पाइएको छ ।

आज नेपालगञ्जको धावनमार्गमा ल्याडिंड गर्ने क्रममा दुर्घटना भएको जहाज १७ सिट क्षमताको त्यहीँ वाइ १२ ई मोडेलको जहाजहरु मध्येको एक हो जसलाई चीनबाट खरीद गरी ल्याई पाँच बर्ष थन्काएर राखिएको थियो ।

उक्त मोडेलको जहाज चलाउन प्रशिक्षित पाइलटको अभावलगायत अन्य प्रशासनीक र प्राविधिक कारणले उक्त जहान लामो समयसम्म प्रयोगमा आउन सकेको थिएन । सन् २०१४ मा चीनबाट किनिएको उक्त जहान सन् २०१९बाटमा उडाउन थालिएको हो । लामो समयसम्म सो बिमानहरु थन्किदा नेपाल एयरलाइन्स घेरै ठुलो घाटा व्र्योहनु परेको थियो ।

प्रशिक्षित पाइलटको अभावसँगै यो जहाजको गुणस्तरमा पनि पहिले नै समस्या औल्याइएको थियो । यस जहाजले क्षमताले नेपाल नागरिक उडड्यन प्राधिकरणले तोकेको ल्यान्डिंग सम्वन्धी मापदण्ड पुरा गर्न पनि भ्याउदैन्यो । प्राधिकरणको मापदण्ड अनुसार यस खालको कुनै पनि जहाज अवतरण गर्दा विमानस्थलमा १.२ डिग्री गे्रडियेन्टभन्दा माथि उड्न पाउदैन् तर यो जहाजले भने सो मापदण्ड पुरा गर्न सकिदैन्थ्यो ।

त्यसकारण यस जहाजलाई सिमरा र पोखरा बिमानस्थलसम्म मात्र उडाइन्थ्यो । तर आज यस जहाजलाई अन्यन्त्र उडाउन खोज्दा दुर्घटनामा पर्न पुग्यो । यसबारे सरकारले विना अध्ययन अनुसन्धान उक्त जहाज खरीद गरिएको जस्तो देखिन्छ ।

यस मोडेलका जहाजको खरीदको तरिका र औचित्यबारे पहिले देखी नै विवादमा थियो । यद्यपि सुखद पक्ष के हो भने जहाजको दुर्घटना कुनै मानवीय क्षति भने भएन ।

प्रतिक्रिया दिनुहोस्