‘लकडाउन’ लाई प्रभावकारी बनाउँदै राहतमा जुट्यो महानगर



वीरगन्ज– विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९) को संक्रमणबाट जोगिन सरकारले ‘लकडाउन’ घोषणा गरेको छ ।

अतिआवश्यक काम बाहेक घरबाट नस्किन जनतामा आग्रह गरेको छ । स्थानीय प्रशासनले ‘लकडाउन’ को पालना गराउन सशक्त रुपमा लागि परेको छ ।

कोरोना भाइरस विरुद्ध लड्न देखा परेका चुनौती बारे स्थानियमा सचेतना जलाउँन स्थानिय सरकारसहित विभिन्न संघसंगठन पनि जुटेका छन् ।

‘लकडाउन’ लाई पालना गराउँदै यसबाट अतिप्रभावित भएकाहरूको उद्दारमा महानगरपालिका देखि लिएर विभिन्न संगघगठनका युवाहरू अगाडि बडेका छन ।

‘लकडाउन’ को बढी मार दैनिक ज्यालादारी गरी खानेलाई परेको छ । उनीहरुमाथि एककिसिमको दैवको बज्रपात जस्तै बनेको छ । एकछाक टार्नलाई धाँै धौँ नै परेको छ । यसमा रिक्सा चालक देखि लिएर बसट्रक का चालक सह चालक पनि बढी प्रभावित भएका छन ।

नाका बन्द भएको भोली पल्टदेखि नै सरकारले मुलुकभर लगाएको ‘लकडाउन’ ले गर्दा आ—आफनो घर नफर्केका बस ट्रकका चालक सह—चालक वीरगन्जको बसपार्कका आश्रय लिएर बसेका छन । गल्तीमा भएको पैसाले दुई खाना खाएर सकिएको छ, चितवन रामनगरका चालक, सनिल क्षेत्रीले भने, अब हामी के खायौं कहाँ बसौं हिजो देखि यहाँका युवाहरुले दिएको खाना खाएर बसी रहेको छौं ।

अतिविपन्न गरिब, ज्यालादारी गरी खाने, पिछिडिएको वर्ग, पिडामा परेको चालक सह चालकको राहतमा स्थानिय विभिन्न संग संगठन लागि परेको छ । वीरगन्ज महानगरपालिकाले प्रत्येक वडाका खाद्यन्नको अभावले दैनिय अवस्था बिताउनेलाई खाद्यन्न समाग्री वितरण गर्ने अभियान शुरु गरेको छ ।

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुको घरमै पुगेर दैनिक उपभोग्य सामग्री वितरण गर्ने अभियान शनिबारदेखि शुरु गरेका हुन ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमणको गम्भीरतालाई हेर्दै सरकारले लगाएको ‘लकडाउन’ का कारण दैनिक जिवत बिताउँन कठिन भएपछि खाद्यय सामग्री घरघरमा पु¥याउँने अभियान शुरु गरेको उनले बताए ।

दिनभरि मिहिनेत गरेर परिवार चलाउने, रिक्सा चालक, ठेलाचालक, दैनिक ज्यालादारी गरी कमाउने लगयात निम्न वर्गका व्यक्तिहरुलाई खाद्यान्न बस्तुको पोका बनाएर घरघरै बाड्न थालिएको छ ।
शनिबार नगरको वडा नम्बर ३ र वडा नम्बर १२ मा पुगेर आर्थिक अस्वथा कमजोर भएका २ सय ५० व्यक्तिहरुलाई दैनिक उपभोग्य खाद्यय सामग्री बितरण गरिएको छ ।

चामल, दाल, नुन आलु, चाउचाउ र बिस्कुटको राहत प्याकेट बनाएर घर घरमा वितरण गरिएको हो । यो अभियान ३२ वटा वडामै संचालन हुने छ । पहिलो चरणमा खाद्यय सामग्रीहरुको १० हजार ५ सय प्याकेट तैयार गरि वितरण अभियान सुरु गरिएको छ , आवश्यकता अनुसार त्यसलाई निरन्तर्ता दिँदै जाने नगर प्रमुख सरावगीले बताए ।

यसैगरी समाजवादी विद्यार्थीका केन्द्रिय सदस्य निखिल बर्णवाल, नेकपा निकट अनेरास्ववियका केन्द्रिय सदस्य अरुण यादव र समाजिक संस्था वीरगन्ज युवा समाजका कमल चौलागाईले छुट्टाछुट्टै खाद्यन्न समाग्री वितरण गरेका छन ।

उनीहरु नगर क्षेत्रको विभिन्न सार्वजनिक स्थलमा आश्रय लिएर बसेका गरिब, दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्ने लगायतको उद्दारको लागि राहत स्वरुप खाद्यन्नको प्याकेज बनाएर वितरण गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्