कोरोना सङ्क्रमित भन्छन् : मेरो ख्याल गरियोस्, औषधी के खाने हो परामर्श चाहियो



काठमाडाैं : शुक्रबार कोरोना भाइरस (कोभिड(१९)को सङ्क्रमण भएको पुष्टि भएका धनगढीका ३४ वर्षीय युवकले आफ्नो उपचारमा विशेष ख्याल गरिदिन आग्रह गरेका छन् ।

शुक्रबार दिउँसो सङ्क्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालको छुट्टै आइसोलेसन वार्डमा राखिएका युवकले आफूलाई बेलाबेलामा आएर स्वास्थ्यकर्मीले परामर्श अनुरोध गरेका छन् । औषधि के खाने हो, त्यो पनि दिनुपर्‍यो र खानेकुरा के गर्ने, तातोपानी तताउन हिटर र थर्मस त मैले घरबाटै ल्याएको छु, उनले भने।

उनी चैत ११ गते सेती प्रादेशिक अस्पताल आएका थिए । दुवईबाट आएको भनेपछि उनलाई अस्पतालमै राखिएको थियो । उहाँमा सुरुमा ज्वरो ९७ डिग्री मात्रै भए पनि सामान्य खोकी लागेको छ । अस्पतालले शुक्रबार नै एक विज्ञप्ति जारी गरेर बिरामीको अवस्था सामान्य रहेको बताएको थियो ।

चैत ७ गते शुक्रबार युनाइटेड अरब इमिरेट्स (युएई)को दुवईबाट इमिरेट एयरलाइन्समा दिल्ली र दिल्लीमा छ घण्टाको ट्रान्जिटपछि बिस्तरा एयरलाइन्सबाट दिउँसो साढे चार बजे काठमाडौँ आएको उत्रिएको उनले जानकारी दिएका छन् ।

त्यो दिन काठमाडौँमै मामाघरमा बसेर चैत ८ गते नेपालगञ्जसम्म बुद्ध एयरमा र त्यसपछि अटोरिक्सामा कोहोलपुर, माइक्रोबसमा अत्तरिया र अत्तरियाबाट बसमा धनगढी पुगेको उनले बताए। सङ्क्रमित युवक चार वर्षदेखि दुवईमा थिए । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्