कोरोना संक्रमण अमेरिकामा बढ्दो, मृत्यु इटालीमा



काठमाडौं : चीनको वुहान शहरबाट शुरु भएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणमा अहिले १ सय ९९ देश र भूभाग ग्रसित बनेको छ ।

कोरोना संक्रमणका कारण अहिलेसम्म विश्वमा ६ लाख ६३ हजार ७ सय ४० संक्रमित भएका छन् भने ३० हजार ८ सय ७९ जनाको मृत्यु भइरहेको विश्व स्वास्थ्य संगठन (डल्ब्यूएचओ)को पछिल्लो तथ्यांकले जनाएको छ । साथै १ लाख ३७ हजार ३ सय ६४ को उपचार भइरहेको छ ।

यसको तीव्र फैलावट देखेर वैज्ञानिकहरु र शक्तिशाली राष्ट्रहरु चिन्ति बनेको छ ।

त्यसोत कोरोनाभाइरसको विश्वव्यापी महामारीले सबैभन्दा बढी प्रभावित भएको इटालीमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या १० हजार २३ जानको रहेका छन् भने ९२ हजार ४ सय ७२ जना संक्रमित भएका छन् ।

अहिलेसम्म १ लाख ४२ हजार १ सय ८३ जना निको भएर घर फर्किएका छन् ।

इटाली कोरोनाका कारण सबैभन्दा बढी प्रभावित देश हो ।

तथ्यांक अनुसार ६ लाख ६३ हजार ७ सय ४० नयाँ संक्रमित छन् ।

चीनबाट शुरु भएको महामारीको सबैभन्दा धेरै असर अहिले अमेरिकामा परेको छ ।

अमेरिकामा १ लाख २३ हजार ७ सय ५० संक्रमित भएका छन् भने २ हजार २ सय २७ जनाको मृत्यु । पछिल्लो २४ घण्टामा अमेरिकामा १ सय ७२ नयाँ संक्रमित फेला परेको छ भने ६ जनाको मृत्यु भएको छ ।

अमेरिकाको संक्रमित संख्या इटाली, चीन र स्पेनको भन्दा ठूलो हो ।

त्यस्तै युरोपको स्पेनमा पनि संक्रमणले डरलाग्दो रुप लिएको छ । संक्रमित तथा मृत्यु हुनेको संख्या तीव्र रुपमा बढी रहेको छ । स्पेनमा ७३ हजार २ सय ३५ संक्रमित भएका छन् भने ५ हजार ९ सय ८२ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

फ्रान्समा कोरोनाबाट ३७ हजार ५ सय ७५ संक्रमित भएका छन् भने २ हजार ३ सय १४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्