उच्च ज्वरो आएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगेका लागि प्रवेश गर्न दिएन



दमौली : उच्च ज्वरो आएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पुगेका व्यक्तिलाई अस्पताल प्रवेश गर्न नदिएपछि उनले अस्पताल बाहिर नै रात बिताउन बाध्य भएका छन् ।

आइतबार राति १२ बजे रेडक्रसको एउटा एम्बुलेन्समा अस्पताल पुगेका उनको विद्युती उपचकरणबाट ज्वरो नाप्नासाथ उनलाई अस्पताल प्रवेश गर्न दिइएन र परै बस्न भने ।

दमौली ऋषिङ ६ का उनी भारतमा मजदुरी गर्थे । दैनिक मजदुरी गर्ने उनी कोरोनाको त्रास फैलिएपछि घर फर्किएका थिए । चैत ११ गतेदेखि लकडाउन भएकै बेला उनी भारतबाट फर्किका थिए ।

भारतबाट फर्किपछि गाउँले र स्वास्थ्यकर्मीको सुझावअनुसार उनी घरमै बसेका थिए । तर, अचानक ज्वरो आएपछि उनी पश्चिमाञ्चल क्षेत्री अस्पताल पुगेका थिए ।

कोरोनाभाइरस (कोभिड–१९)बो आशंकामा उनी श्रीमती र छोराछोरीसहित नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्सबाट अस्पताल पुगका थिए । तर, अस्पतालका स्वास्थ्यकर्मीले ज्वरो नापेपछि अस्पताल प्रवेश गर्न दिएनन् ।

रातभर बाहिर बसेपछि चिकित्सकले नमूना लिनाका उनलाई आज (सोमबार) बिहान १०ः३० को समय दिएको थियो । चिकित्सकले उनको नमूना संकलन गर्यो । तर, चिकित्सकले गर्नुपर्ने व्यवहार भने उस्तै रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्