लकडाउनमा फसेपछि एक युवकले महाकाली नदीमा हाम फाले



दार्चुला : लकडाउनका कारण प्रशासनले महाकाली नदीमाथिको झोलुंगे पुलको ढोका नखोलेपछि धार्चुलाका एक युवकले महाकाली नदीमा हाम फालेका छन् ।

उर्लदो नदीमा हाम फालेका उनी पौडेर सकुशल दार्चुला पुगेका हुन् । धार्चुलामा अलपत्र परेका बैतडीको डिलाशैनी गाउँपालिका वडा नं.१ कोटपेट्टराका ४८ वर्षिय ईन्द्रराज खत्री महाकालीमा नदीमा पौडेर दार्चुला प्रवेश गरेका हुन् ।

ज्यानको परवाह नराखेर उर्लिदो महाकाली नदीमा पौडेर धार्चुलबाट दार्चुला प्रवेश गरे लगत्तै नदी किनारबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनले प्रमुख जिल्ला अधिकारीसँग पुल खोल्न आग्रह गर्न महाकाली नदीमा पौडेर आएको प्रतिक्रिया दिए ।

महाकाली नदीमाथि रहेको झोलुंगे पुल बन्द हुदा पारी भारतको धार्चुलामा केही दिनदेखि सयौं नेपाली अलपत्र परेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्