किसानको काममा बाधा नपुर्याऔं भन्दै विज्ञप्ती जारी (विज्ञप्तीसहित)



काठमाडौं : प्रतिनिधिसभा सदस्य तथा संघीय सांसद प्रदीप यादवले किसानको काममा बाधा नपुर्याउने भन्दै एक विज्ञप्ती जारी गरेका छन् ।

उनले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको बेला अन्न उत्पादन गर्ने अन्नदाता किसानको काममा बाधा नपुगोस् भनेर आज विज्ञप्ती जारी गरेका हुन् ।

विज्ञप्तीमा देश र विदेशमा अहिले विश्वव्यापी रुपमा कोरोना भाइरस संक्रमणको महामारी फैलिएको बेला सरकारले देशमा लकडाउन गरेको र थप एक हप्ता बढाइएको छ, जुन आवश्यक रहेको उल्लेख छ ।

लकडाउनको क्रममा खाद्यान्न र अन्न आवश्यक वस्तुको अभाव नहोस् भनेर आपूर्ति व्यवस्था मिलाउन सरकार प्रदेश सरकार र स्थानीय तहहरुले प्रयास गरिरहेका छन् । तर यस विषयमा गाउँका किसानहरुको खेती किसानीमा बाधा अवरोध पुर्याइएको गुनासो बढेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्