कोरोना नियन्त्रणका लागि चाहिने सामग्री सातै प्रदेश पुग्यो



काठमाडौं : सरकारले कोरोना भाइरस नियन्त्रण गर्न चीनबाट ल्याइएका सामग्री सातै प्रदेशमा पुगेको छ। प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सेनाको हेलिकप्टरमार्फत सामग्री पुर्याइएको छ भने प्रदेश २, वाग्मती, गण्डकी र प्रदेश ५ मा यातायातबाट पुर्याइएको हो।

सरकारले सातै प्रदेशमा ल्याब सञ्चालन गरेर त्यहीबाट कोरोना संक्रमण परिक्षण गर्ने तयारी गरेको छ। प्रदेशस्तरमा रहेका अस्पतालहरूका ल्याव स्तरवृद्धि गरी सञ्चालन सम्भाव्यताको लागि ल्याब विज्ञहरूको टोली पनि पठाइसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्