चिनियाँलाई लिन बुधबार एयर चाइना नेपाल आउँदै



काठमाडौं : नेपालमा अलपत्र रुपमा रहेका चिनियाँ नागरिकलाई स्वदेश लैजान बुधबार एयर चाइनाको जहाज काठमाडौं आउने भएको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार १ अप्रिलमा पौने १२ बजे काठमाडौंबाट उड्ने गरि एयर चाइनाको जहाज काठमाडौं आउन लागेको हो ।

बोर्डले नेपालमा रहेका र घर फर्कन चाहने चाइनिज पर्यटकलाई आफ्नो मुलुकको दूतावासमा सम्पर्क गर्नेसमेत आग्रह गरेको छ । चीनले अहिले विभिन्न मुलुकबाट आफ्ना नागरिकलाई फिर्ता लगिरहेको छ ।

आफ्नो देश कोरोनाको त्रासबाट मुक्त हुँदै जादा चीनले विश्वभरबाट आफ्ना नागरिकलाई उद्धार गर्न लागेको हो । नेपालमा अप्रिल १५ सम्म अन्तर्राष्ट्रिय उडान बन्द हुने भएपछि धेरैजसो मुलुकले आफ्ना नागरिकलाई फिर्ता लगिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्