विपतमा सेवा नदिने अस्पतालको लाईसेन्स खारेज गर्न माग



धनगढी : धनगढी उप-महानगरपालिकाका मेयर नृप वडले समस्या पर्दा सेवा नदिने निजी अस्पतालहरुको लाईसेन्स खारेज गर्नुपर्ने बताएका छन् ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयद्धारा आज धनगढीमा आयोजित छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

विपतको समयमा सेवा नदिने अस्पतालहरुको लाईसेन्स खारेज गर्ने विषयमा छलफल केन्द्रित पार्नुपर्ने उनको तर्क थियो । धनगढी क्षेत्रमा रहेका फार्मेसीहरुलेसमेत सुरक्षाका सामाग्री उपलव्ध नगराएको भन्दै उनीहरुमाथि पनि निगरानी राख्नुपर्ने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्