चिनियाँ कामदारले नेपालमा कोरोना फैलाएको लमजुङबासीको आरोप



काठमाडौं : कोरोनाभाइरस चीनको वुहानमै उत्पति भई संसारभर फैलिएको तथ्य अब निर्विवादित भइसकेको छ ।

२०१९ को नोभेम्वर महिनातिरै कोरोना भाइरसबारे पत्ता लागिसकेको थियो । यद्यपि, चिनियाँहरुको विदेश आवागमन मार्चको पहिलो हप्तासम्म जारी नै रह्यो ।

कोरोनाको प्रसार शुरु भएर चीनमा हजारौं मानिसहरु संक्रमित भईसकेपछि पनि चीनियाँ नागरिक निर्बाध रुपले नेपाल आउने जाने क्रम जारी राखे । कोरोना फैलिएपछि पनि नेपालको विभिन्न परियोजनाहरुमा कार्यरत चिनियाँ नागरिकहरु नयाँ बर्ष मनाउन चीन गए र कोरोना प्रसार उच्चत्तम बिन्दुमा पुगेको बेलामा समेत नेपाल फर्केर आए ।

पोखरा विमानस्थलको निर्माणमा खटिएका कर्मचारीहरु यसको सबैभन्दा ठूलो उदाहरण हुन् । उनीहरु नयाँ बर्ष मनाउन चीन गई फर्केर आएका थिए । फर्किनेवित्तिकै क्वारेन्टाइनमा नबसी नै काम शुरु गरेका थिए । उनीहरुमध्ये केहीलाई ज्वरो आएपछि सँगै काम गर्ने नेपाली कर्मचारीहरुले विरोध गरे । त्यसपश्चात मात्र उनीहरु काम रोकी क्वारेन्टाइनमा बसेका थिए ।

त्यसैगरी, लमजुङको न्यादी जलविद्युत आयोजनालगायत थुप्रै अन्य आयोजनामा कामको नाममा कोरोना प्रसारण्को दौरान नै चिनियाँहरु नेपाल आए ।

आयोजनाहरु वरिपरिका बासिन्दाहरुमा चिनियाँहरुको आवागमनबाट कोरोना फैलिने त्रास बढ्यो । तर पनि सरकारले यसबारे कुनै कदम चालेन । लकडाउनपछि पनि चिनियाँहरुको आवागमन नरोकिएपछि स्थानीयहरुको त्रास आक्रोशमा वदलियो ।

फलस्वरुप, सोमबार लमजुङमा अप्रिय घटना हुन पुग्यो । स्थानीयवासिन्दा र चिनियाँहरुबीचको सोहाद्रता भंग भयो र उनीहरुबीच झडपको स्थिति समेत बन्यो ।

लमजुङ जिल्लाको मस्र्याङ्गदी गाउँपालिका वडा नं ६ ठूलोबेसीस्थित न्यादी हाईड्रोपावरमा कार्यरत चिनियाँ नागरिकहरुले लकडाउनको बेला पनि गाँउ हुँदै निर्माण सामग्री ल्याउन खोज्दा झडपको अवस्था आयो ।

स्थानीय जनप्रतिनिधि डिलमाया थापाका अनुसार हाईड्रोपावरलाई आवश्यक सामाग्री लिएर दुई ट्रक आएपछि गाउँलेहरुले लकडाउनको बेला किन चहलपहल बढाएको भन्दै प्रश्न गरेपछि चीनियाँहरु कुटपीटमा उत्रे ।

स्थानीयले कोरोना फैलिने डरले गाँउमा अपरिचित नछिरुन् भनी गाँउको नाकामा लगाएको तार जाली समेत उनीहरुले फुटाए ।

आफूहरु घरबाट निस्कन समेत नपाएको तर चिनियाँहरुले भने सामाग्री ल्याएपछि उनीहरुमा आक्रोश बढ्यो । लकडाउनका समयमा पनि आयोजनाको काम नरोकी चीनियाँहरुले जवर्जस्ती गर्न खोजेपछि झडप हुन पुग्यो । झडपपश्चात पनि नियन्त्रित हुनुको साटो स्थानियहरुको प्रतिकार गर्न फिल्मी शैलीमा चिनियाँहरु हतियारसहित नै आएपछि स्थिति नियन्त्रण गर्न प्रहरी नै परिचालित गर्नुपरेको थियो ।

पछिल्लो बर्ष चीनको तिब्बतको ताक्लाकोटमा एक नेपाली कमदारले तिब्बती महिलाको हत्या गरेपछि त्यहाँ कार्यरत सबै ५ सय कामदारलाई ट्रकमा हालेर एकैपटक नेपाल फिर्ता पठाइएको थियो ।

एकजना नेपालीले विदेशमा अपराध गर्दा सबै कार्यरत नेपाली नागरिकले त्यसको साजाय भोग्नु परेको थियो । यो तथ्य पनि स्थानीय जनताले विर्सन सकेका थिएनन् । त्यहीभएर होला अहिले स्थानीयहरु सबै चिनियाँप्रति नै क्रुद्ध छन् ।

चिनियाँहरुले हतियारसहित नेपालीहरुमाथि आइलागेको लमजुङको यो घटना पहिलो भने होइन । यसअघि पनि उनीहरुले यस्तो घटना दोहो¥याइसकेका छन् । अपराध गर्ने, अत्याचार गर्ने र नेपालीले बोलपछि उल्टै जाइलाग्ने उनीहरुको आदत जस्तै बनेको छ ।

यसअघि, गत फागुन २९ मा नेपाली होटल व्यवसायीलाई खुकुरी प्रहार गर्न खोज्दा ४ जना चिनियाँ नागरिकहरु पक्राउ परेका थिए ।

काठमाडौँको ठमेल क्षेत्रका नेपाली होटल व्यवसायीलाई दादागरी शैलीमा खुकुरी प्रहार गर्न खोज्ने ४ जना चिनियाँलाई प्रक्राउ गरिएको महानगरीय प्रहरी बृत्त दरबारमार्गको अभिलेखमा उल्लेख छ ।

ठमेलमा होटल सञ्चाल गर्दै आएका चिनियाँहरुले नेपाली होटल व्यवसायीसँग विवाद गरेका थिए । विवादले झगडाको रुप लिएपछि चिनियाँहरुले नेपाली होटल व्यवसायीमाथि खुकुरी प्रहार गर्न खोजेका थिए । नयाँ बर्षको छुटटी मनाएर नेपाल पर्किएका ती चीनिँया व्यवासायीहरुले ग्राहकको विषयलाई लिएर विवाद गरेका थिए ।

तर, यसमा दोष जति सबै आम चीनियाँ नागरिकको मात्र होइन । मुखिया जे गर्छन त्यहीँ नै अरुले सिक्ने हुन् । नेपालस्थित चीनिँया राजदूत यान्छी होउले नै प्रेस वकतव्य जारी गरी काठमाडौं पोष्टका सम्पादक अनुप काफ्लेमाथि कारवाही गर्ने धम्की दिएकी थिइन् । यान्छी एक समाचारको विषयलाई मुद्दा बनाउदै सम्पादकमाथि नै जाइलागेकी थिइन् । उनले नेपालमा चीनिँया व्यवस्थामा झै प्रेस नियन्त्रण गर्ने प्रत्यत्न गरेकी हुन् ।

तर यसरी चिनियाँहरुले नेपालमा अत्याचार बढाँउदै लैजाँदा कालान्तरमा यसले उग्र रुप लिँदै जाने र यसले नेपाल तथा चीनबीचको सौह्राद्रपूर्ण सम्वन्धमा नै असर पर्ने हुँदा सबै सरोकारबालाहरु समयमा नै सचेत हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्