लक–डाउन अवज्ञा गर्ने ५ सय २२ जना प्रहरीको होल्डमा



काठमाडाैं : लक–डाउन उल्लंघन गर्नेलाई होल्ड गर्ने अभियानले तिव्रता पाएको छ ।

बुधवार बिहानदेखि ७ बजेसम्मममा काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ५ सय २२ जनालाई होल्डमा राखिएको महानगरिय प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक (डीआइजी) विश्वराज पोखरेलले जानकारी दिए ।

उनका अनुसार, ४ सय ४२ जना पुरुष तथा ८० जना महिलालाई होल्डमा राखिएको छ । यस्तै ४४ वटा सवारी साधनलाई पनि होल्डमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्