ओम्नीसँग सम्झौता रद्द, ५ करोड धरौटी जफत, कालोसूचीमा राखिंदै



काठमाडाैं : स्वास्थ्य सेवा विभागले अत्यावश्यक स्वास्थ्य सामग्री सप्लाई गर्न ओम्नी समूहसँग गरेको सम्झौता रद्द गरेको छ । अत्यावश्यक स्वास्थ्य सामग्री समयमा आपूर्ति गर्न नसकेको भन्दै विभागले ओम्नी समूहसँग भएको सम्झौता रद्द गरेको हो ।

ओम्नीको पाँच करोड रुपियाँ धरौटीसमेत जफत गरी कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रियासमेत अगाडि बढाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा बुधवार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले सो जानकारी दिए ।

कोराना भाइरस(कोभिड–१९)सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक उपकरण तथा स्वास्थ्य सामग्री ल्याउने जिम्मा ओबीसीआई प्राइभेट लिमिटेड कम्पनीले पाएको थियो । सो कम्पनीले आइतबार बिहान केही उपकरण तथा स्वास्थ्य सामग्री ल्याएको थियो ।

जनताको स्वास्थ्य महìवपूर्ण भएकाले केही महँगो भए पनि तत्काल उपकरण तथा स्वास्थ्य सामग्री उपलब्ध गर्न ओम्नीलाई जिम्मा दिइएको बताउँदै उनले मन्त्रालयसँगको समन्वयमा जहाज समेतको व्यवस्था गरेर सामान आपूर्तिमा सहयोग गरेको तर त्यति हुँदा पनि भनेको परिमाणको सामान आपूर्ति गर्न नसकेकाले सम्झौता रद्द गरिएको जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्