पाण्डेयले बाँडे १८ सय घरपरिवारलाई मास्क र साबुन



जनकपुरधाम : समाजवादी युवा संगठनका महोत्तरी जिल्ला अध्यक्ष राहुल कुमार पाण्डेयले आफ्ना पार्टीका नेता लगायत अन्य व्यक्तिहरुसँग सहयोग मागी महोत्तरीको पिपरामा करिव १८ सय घरपरिवारमा मास्क र साबुन वितरण गरेका छन् ।

उनले महोत्तरीको पिपरा गाउँपालिका वडा नं.१ खैरबामा ५ सय ६० र एकहरियामा ४ सय १० घरपरिवारमा प्रतिपरिवार ५ थान मास्क र सावुन वितरण गरेका हुन् ।

त्यस्तै वडा नं.२ अलिपट्टीमा २ सय १५ घरपरिवार, वडा नं.६ रतौली, रतनपुर र रहमानपुरमा ३ सय २५ घरपरिवार तथा वडा नं.७ बनौलीमा २ सय घरपरिवारलाई पनि उनले मास्क र साबुन बाँडेका छन् ।

उनलाई पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र यादवले १ हजार थान, प्रदेश २ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले ८ सय थान, जिल्ला अध्यक्ष नगेन्द्र यादवले १ हजार थान र असहाय संरक्षण मञ्च धनुषाका अध्यक्ष वैद्यनाथ साहले ३ सय थान मास्क सहयोग स्वरुप उपलब्ध गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्