लालबकैया नदिनमा पुरुषको शव फेला



रौतहट : रौतहट गौर नगरपालिका वडा नं– ४ स्थित लालबकैया नदिमा एक पुरुषको शव फेला परेको छ । शव पानीमा तैरिरहेको अवस्थामा पुरुषको फेला परेको प्रहरीले जनाएको छ ।
यद्यपी, मृतकको सनाखत भने हुन सकेको छैनन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी टोली अहिले घटनास्थल भर्खरै पुगेर मृतकको शवलाई पानीबाट निकालिएको प्रहरीले जनाएको छ ।

आज (शुक्रबार) बिहान खेततर्फ जाँदा एक स्थानीयले पुरुषलाई मृत अवस्थामा पानीमा तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवलाई पानीबाट निकालेर पोष्टमार्टमको लागि जिल्ला अस्पताल रौतहट पठाउने तयारीमा रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्