समाचार हटाइएको कुरा हामीसँग सम्बन्धित छैन: इसेवा (विज्ञप्तिसहित)



काठमाडौं :मोबाइल वालेट तथा डिजिटल भुक्तानी सेवा प्रादायक इसेवा फोन प्रालीले काठमाडौं प्रेस अनलाइनबाट समाचार हटाइएको सम्बन्धनमा आफ्नो कुनै पनि सम्बन्ध नभएको प्रष्टिकरण दिएको छ ।

बुधार काठमाडौं प्रेस अनलाइनमा प्रकाशित एक समाचारलाई वेबसाइट डेभलपर कम्पनीले हटाइ दिएको भन्दै इसेवाई पनि जोडेर समाजिक सञ्जालमा आलोचना भइरहेको विषयप्रति कम्पनीले प्रष्टिकरण दिएको हो ।

‘विगत केही दिनदेखि एउटा समाचार पोर्टलको न्यूज हटाइएको विषयमा इसेवालाई मुछेर निरन्तर प्रहार गर्ने कार्य विरुद्ध हामी खेद प्रकट गर्दछौं । समाचार हटाइएको भनिएको अनलाइन पोर्टल र इसेवाको कुनै सम्बन्ध नरहेको अवस्थामा नियोजित रुपमा इसेवा माथि निरन्तर प्रहार गर्ने कार्य कुनै किसिमले न्यायोचित छैन’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेखित छ ।

काठमाडौं प्रेसको डेभलपर सिरान टेक र इसेवाका प्यारेन्ट कम्पनी एउटै भएको भन्दै सामाजिक सञ्जालमा व्यापाक आलोचना भइरहेको छ । इसेवा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त र नियमन भएको कम्पनी भएको र कम्पनीको संरचना, प्रविधि तथा सेवाहरु नेपाल राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षणमा रहेकाले ग्राहकहरुले सुरक्षाको कुनै पनि चिन्ता गर्न नपर्ने कम्पनीले जानकारी दिएको छ ।

‘इसेवाले ग्राहकलाई भुक्तानी सेवा दिने हुनाले यसको लागि आवश्यक पर्ने प्रविधि तथा व्यवस्थापन प्रणाली सुरक्षित राख्न अत्यन्त संवेदनशील र प्रतिवद्ध छौँ । कम्पनीको गोपनियता नीति तथा प्रयोगका शर्तहरु वेवसाइटमा उल्लेख गरेका छौँ र यसको अक्षरस :पालना गरेका छौँ’ कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

यसको अक्षरसः पालना गरेका छौँ’ कम्पनीको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्