कोरोनाबाट सबैभन्दा बढी ज्यान गुमाएका विश्वका १० देश



एजेन्सी : विश्वभर महामारीका रुपमा फैलिएको कोराना भाइरस (कोभिड–१९) संक्रमणबाट संक्रमण हुनेको संख्या १० लाख नाघिसकेको छ। यो महामारीबाट विश्वभर ५२ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार सबैभन्दा बढी इटालीमा १३ हजार ९ सय १५ ले ज्यान गुमाइसकेका छन्। दोस्रोमा स्पेनमा १० हजार ३ सय ४८ जनाले ज्यान गुमाइसकेका छन् भने त्यसपछि यो महामारीले अमेरिकामा ५ हजार ९ सय २ ६ जनाको मृत्यु भइसकेको छ।

त्यसपछि धेरै मृत्यु हुने देशमा फ्रान्स छ, जहाँ ५ हजार ३ सय ९८ जनाको मृत्यु भइसकेको छ। चीनमा ३ हजार ३ सय २२, इरानमा ३ हजार १ सय ६०, युके (बेलायत) मा २ हजार ९ सय २६, जर्मनीमा १ हजार १ सय ७, नेदरल्यान्डमा १ हजार ३ सय ३९ र बेल्जियममा १ हजार ११ जनाको ज्यान गइसकेको छ।

देश मृतक संख्या
इटाली १३ हजार ९ सय १५
स्पेन १० हजार ३ सय ४८
अमेरिका ५ हजार ९ सय २६
फ्रान्स ५ हजार ३ सय ९८
चीन ३ हजार ३ सय २२
इरान ३ हजार १ सय ६०
युके २ हजार ९ सय २६
जर्मनी १ हजार १ सय ७
नेदरल्यान्ड १ हजार ३ सय ३९
बेल्जियम १ हजार ११

प्रतिक्रिया दिनुहोस्