कोरोना भाइरसबाट भारतमा मृत्यु हुनेको संख्या ६८ पुग्यो, २९०२ संक्रमित



एजेन्सी– कोरोना भाइरसको कारण भारतमा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुई हजार ९ सय २ संक्रमित भएका छन् भने १ सय ६३ जना निको भएको भारतको स्वास्थ्य एवम परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार महाराष्ट्रमा सबै भन्दा धेरै ३ सय ३५ जना संक्रमित भएका छन् भने १६ जनाको मृत्यु उक्त शहरमा भएको छ । त्यसैगरी तामिलनाडु, केरेला, दिल्ली , उत्तर प्रदेश, राजस्थान, तेलंगाना, आन्ध्र प्रदेश, कर्नाटक र मध्य प्रदेशमा संक्रमितको संख्यामा वृद्ध भइरहेको छ ।

त्यस्तै जमशेदपुरको चाकुलिया प्रखंडमा एक मजदुरको क्वारेनटाइनमा मृत्यु भएको छ । उनको मृत्यु पछि उनको स्बाव कोरोना जाँचको लागि पठाइउको छ । तर उनको रिपोर्ट भने आइसकेको छैन् । उच्च ज्वरो आएपछ उनलाई क्वारेन्टाइनमा राखिएको थियो ।

राँचीको अशोक नगर इलाकामा बस्ने एक अटो चालकले आत्महत्या गरेका छन् । उनको घरधनीका अनुसार उनलाई कोरोना संक्रमणको डरले सताहिरहेको थियो ।

पछिललो तीन दिनमा भारतमा कोरोना संक्रमण दुई गुणाले बढेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार चौबिस घण्टामा देशमा ४ सय ७८ नयाँ कोरोना संक्रमण थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्