प्रादेशिक अस्पतालको आइसोेलेशनमा रहेका ५ जनाको रिपोर्ट निगेटिभ



जनकपुरधाम– जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा कोरोनाको आशंकामा राखिएका ५ जनाको रिपोर्ट निगेटिभ आएको छ ।

प्रादेशिक अस्पतालको आइसोलेशनमा रहेका तीनीहरुको स्वाब परिक्षण शुक्रबार अस्पतालमै जडान गरिएको पीसीआर मेशिनबाट गरिएको थियो । शुक्रबार परिक्षण गरिएपनि आज शनिबार उनीहरुको परिक्षणको रिजल्ट आएको हो । पाँचै जनाको स्वाब परिक्षण पछि रिजल्ट निगेटिभ आएको प्रदेश दुईको स्वास्थ्य निर्देशनालयको बरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिएका छन् ।

उनका अनुसार कोरोना आशंकामा राखिएका छैठौँ व्यक्तिको स्वाब परिक्षण समेत गरिएको छ । छैठौँ व्यक्तिको स्वाब परिक्षणको रिजल्ट समेत आजै आउने बताइएको छ ।

पीसीआर मेशिनको अभावका कारण कोरोना संक्रमणको जाँचका लागि टेकुस्थित शुक्रराज ट्रपिकल सरुवारोग उपचार केन्द्रमा पठाउनु पर्ने बाध्यता रहेको थियो । प्रादेशिक अस्पतालमै सो मेशिन जडान भएपछि कोरोना संक्रमित रहे नरहेको पत्ता लगाउन सहज भएको चिकित्सकहरूको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्