झनै कडा भयो लकडाउनः एक स्थानीय तहबाट अर्कोमा जान नपाइने



काठमाडौं : लकडाउन झनै कडा हुने भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण दोस्रो चरणमा पुगेपछि सरकारले लकडाउन कडा बनाउने निर्णय गरेको हो ।

शनिबार साँझ बसेको मन्त्रिपरिषद्को निर्णयले कोरोना भाइरस (कोभिड–१९ं) को संक्रमणको रोकथाम तथा न्यूनीकरणका लागि लकडाउनमा थप कडाइ गर्ने भएको हो ।

सरकारका प्रवक्तासमेत रहेका अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले एक प्रदेशबाट अर्को प्रदेश, एउटा जिल्लाबाट अर्को जिल्ला र एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने आवागमनमा नियन्त्रण गरिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्