कोरोनाको नाममा करोडौको ब्रह्मलुट मच्चाएको सांसद सहाको आरोप



काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष एवम् सांसद प्रभु साहले कोरोनाको नाममा करोडौको ब्रह्मलुट मच्चाएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले केहि बेईमान तथा भ्रष्ट ओहदारपदवाला व्यक्तिहरू (जनप्रतिनिधि र कर्मचारी) मिली कोरोनाको नाममा करोडौको ब्रह्मलुट मच्चाएको आरोप लगाएका हुन् ।

यसका साथै उनले कालोबजारी र भ्रष्टाचार नियन्त्रणका लागी सरकारको ध्यानाकर्षण गराएका छन् । साथै उनले यसको तत्काल नियन्त्रणका लागी सम्बन्धित सरोकारवाला पक्षहरूसँग उनले माग गरेका हुन् ।

यस्तो छ उनको स्टाटस:-
कालोबजारी–र–भ्रष्टाचार–नियन्त्रणका–लागी–ध्यानाकर्षण
विश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरस संक्रमणको सन्त्रास तथा देश लकडाउनको संवेदनशील एवं संकटपूर्ण समयमा केहि दलाल व्यापारीहरुले मुख्यतः दैनिक उपभोग्य समानहरुको कृतिम अभाव, मिसावट तथा अत्यधिक मूल्यवृद्धि जन्य कालोबजारी गरी सर्वसाधारण उपभोक्तालाई लुट्ने काम गरिरहेको छ भने, केहि बेईमान तथा भ्रष्ट ओहदारपदवाला व्यक्तिहरु(जनप्रतिनिधि र कर्मचारी) मिली कोरोनाको नाममा करोडौको ब्रह्मलुट मच्चाई रहेको छ । तसर्थ यी र यस्ता अमानवीय तथा अपराधिक विषयवस्तुप्रति सबैको गम्भीर ध्यानाकर्षण गराउदै तत्काल नियन्त्रणका लागी सम्बन्धित सरोकारवाला पक्षहरुसंग जोडदार माग समेत गर्दछु ।

प्रतिक्रिया दिनुहोस्