कोरोनाबारे देउवाले गरे पाँच पूर्वप्रधानमन्त्रीसँग टेलिफोनमा छलफल



काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको सम्भावित जोखिम नियन्त्रण र न्युनीकरणका लागि पूर्व प्रधानमन्त्रीहरुसँग टेलिफोनमा कुराकानी गरेका हुन्।

देउवाले पूर्वप्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीसँग टेलिफोनमा कुराकानी गरेका हुन्।

उनले संक्रमण संकटसँग जुध्न आवश्यक रणनीति तयार गर्नु पर्ने भन्दै सक्रियता देखाएका छन्।

प्रतिक्रिया दिनुहोस्