![](https://i0.wp.com/www.thenepaltop.com/wp-content/uploads/2020/03/corona-2-1.jpg?fit=1300%2C667&ssl=1)
अमेरिका : अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण निधन भएको छ । यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो । योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुनेको सङ्ख्या पाँच पुगेको छ ।
शनिबार अरू चारजनाको निधन भएको हो । यसरी निधन हुनेमा ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोचु रहेका छन् ।
सबै न्युयोर्कमा बस्दै आएका थिए । निधन हुनुभएकाको परिवार र स्थानीय सङ्घसंस्थाका प्रतिनिधिसँग समन्वय गरेर अन्तिम संस्कार गरिने जानकारी मेरिल्यान्ड राज्यसभाका विधायक ह्यारी भण्डारीले बताए । (रासस)