केन्द्रीय प्रयोशालाको टोलि स्वाब परिक्षण गर्न अछाम पुग्यो



अछाम : कोरोना भाईरसको स्वाब परिक्षणको लागि केन्द्रीय प्रयोशाला काठमाडौंको टोलि अछाम पुगेको छ ।

नेपाली सेनाको ०६१ नं.को हेलिकप्टर विहान बयालपाटा अस्पतालमा अवतरण गरेको हो । अछाममा तीन स्थानमा हेलिकप्टर अवतरण हुने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।

विहान १०ः२० मा वयलपाटा अस्पतालमा पहिलो पटक अवतर भएको हो । वयलपाटा अस्पताल, मंगलैसन नगरपालिका, चौरपाटी, वान्नीगढी जयगढ, मेल्लेख र रामारोशन गाउँपालिकाका केही संस्कास्पद व्यक्तिको परिक्षणको लागि स्वाँव निकालिने छ ।

सदरमुकाम मंगलसैनको क्वारेन्टाईनमा रहेका ५३ व्यक्तिको स्वाव लिएको दुई घण्टापछि कमलबजारमा उक्त हेलिक्पटर अवतरण हुने प्रजिअ पौडेलको भनाई छ । ४ स्थानीय तह कमलवजार, पन्चदेवल विनायक, तुर्माखाँद र ढकारी गाउँपालिकाका प्रत्येक स्थानीय तहका १०÷१० जनाको परिक्षणको लागि स्वाव निकालिने छ ।

सदरमुकाम मंगलसैनको क्वारेन्टाईनमा रहेका ५३ जना, प्रत्येक स्थानीय तहबाट १०–१० जना र २ सय जनाको स्वाव परिक्षणको लागि केन्द्रीय प्रयोशाला काठमाडौं पठाईने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्