कोरोनाबाट १४ महिने शिशुको मृत्यु



एजेन्सी– कोरोनाभाइरसको कारण भारतमा एक शिशुको मृत्यु भएको छ ।

कोरोनाको उपचार गराइरहेका १४ महिनाको ती बालकको ५ अप्रिलमा जामनगरस्थित सरकारी अस्पतालमा मृत्यु भएको हो ।

दुई दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

कोरोनाबाट मृत्यु हुने शिशु गुजरातमै सबैभन्दा कम उमेरका बिरामी हुन् । मंगलबारमात्रै गुजरातमा कोरोना भाइरसका २९ नयाँ बिरामी फेला परेका छन् । योसँगै सो राज्यमा कोरोना भाइरस संक्रमितको संख्या १७५ पुगेको छ ।

अहिले सम्म भरतमा ५ हजार ३ सय ५६ जना संक्रमित भएका छन् भने १ सय ६० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्