दलका फ्लोर नेताहरूसँग छलफल गर्दै प्रधानमन्त्री मोदी



एजेन्सी– कोरोना संकट र लकडाउनको विषयमा भरतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज बुधबार लोकसभा र राज्यसभाका मन्त्रीसंग छलफल गर्ने भएका छन् ।

उनले भिडियो कन्फ्रेनसमार्फत पार्टीको फ्लोर नेताहरू छलफल गर्ने बताइएको छ जहाँ लोकसभा र राज्यसभाका ५ सांसदहरू छन् । कोरोनाको संकट कम गर्न र नियन्त्रणका लागि प्रधानमन्त्री मोदी निरन्तर विभिन्न क्षेत्रका उच्चपदमा रहेका व्यक्तिहरूसँग कुराकानी गरिँनै रहेका छन् ।

केन्द्रीय संसदीय कार्यमन्त्री प्रह्लाद जोशीले प्रधानमन्त्री नरेन्द्र मोदीले राजनीतिक दलका नेताहरूसँग कोरोना भाइरसको संकटको मुद्दामा छलफल गर्ने बताएका हुन् । संसदमा जुन पार्टीको ५ जना भन्दा धेरै सांसद छन् , प्रधानमन्त्री ति पार्टीको फ्लोर नेताहरूसँग भिडियो कन्फरेन्सिंगमार्फत कुराकानी गर्ने छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना संकटको सामना गर्नका लागि फ्लोर नेताहरूलाई सोध्ने पनि बताइएको छ । साथै, सरकारले लिएका कदमहरू पनि जानकारी दिने छन् । यससँग प्रधानमन्त्रीको गरीब कल्याण योजनामा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्