स्पेनमा तीन दिनपछि फेरि बढ्यो कोरोना संक्रमितको संख्या, २४ घण्टामा ६१९ को मृत्यु



काठमाडौं : स्पेनमा तीन दिनपछि फेरि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेको छ। गएको २४ घण्टामा स्पेनमा ६ सय १९ जनाको मृत्यु भएको छ।

स्पेनमा लगातार तीन दिन कोरोनाका कारण मृत्यु हुनेको संख्यामा कमी आएको थियो। तर तीन दिनपछि मृतकको संख्या बढेको देखिएको छ। अहिलेसम्म मृतकको संख्या १६ हजार ९७२ पुगेको छ।

स्पेनमा कोरोना संक्रमितको संख्या भने १ लाख ६६ हजार १९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्